काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समुहको बैठक शुरु भएको छ ।
काठमाडौंको बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा शुरु भएको बैठकले रामचन्द्र पौडेल पक्षबाट सभापतिको एकल उम्मेदवार टुंगो लगाउने बताइएको छ ।
बैठकमा सभापतिका सबै आकांक्षीसहित पौडेल पक्षका केन्द्रीय सदस्यहरु समेत सहभागी छन् ।
बैठकमा सभापतिका आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डाक्टर शेखर कोइराला र महामन्त्री डाक्टर शशांक कोइराला समेत सहभागी भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।




