काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि ३३१ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् ।
सर्वसम्मत रुपमा महाधिवेशन सम्पन्न गर्ने तयारी अध्यक्ष ओलीले गरेको भएपनि असफल भएपछि पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा प्रतिस्पर्धा हुने भएको हो ।
एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार प्रारम्भिक रुपमा ३०१ जना केन्द्रीय सदस्यहरुका लागि ३३१ जना नेताले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । भने पुरुष खुलातर्फको केन्द्रीय सदस्यका लागि ८५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सुब्बाका अनुसार आजै राति ९ बजेदेखि १२ बजेसम्म मतदान हुनेछ ।




