मुख्य समाचार

भारत भ्रमणमा गएका प्रधानासेपनि शर्मा स्वेदश फिर्ता

काठमाडौं । भारत भ्रमणमा गएका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् ।

भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा कात्तिक २३ गते भारत भ्रमणमा गएका थिए ।

शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेसमा स्वागत गरेका छन् । शर्माको सम्मानमा कार्तिक २८ गते जङ्गी अड्डामा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

शर्मालाई भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । त्यसबाहेक भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले स्थल सेनाध्यक्ष नरवणे, रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डाक्टर एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट समेत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *