मुख्य समाचार

साझा उम्मेदवार तय गर्न नसके चुनाव जित्न कठिन– महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय हुन नसके नेतृत्व परिवर्तन गर्न नसकिने बताएका छन् ।

संस्थापन इतर समूहको आज बसेको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने चार जना बीचमा साझा उम्मेदवार तय गर्न नसके सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने बताएका हुन् ।

बैठकपछि उनले भने,‘रामचन्द्र दाई, प्रकाशमानजी, शेखरदा र म बसेर सहमतिको प्रयास गर्छौं ।’ संस्थापनइतर समुहको आजको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिह भने उपस्थित थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *