मुख्य समाचार

‘बा’ प्रवृत्तिको खरानी नघस्न योगेश भट्टराईलाई अनेरास्ववियुको चेतावनी

काठमाडौं । नेकपा एकिकृत समाजवादीको विद्यार्थी संगठनले एमाले सचिव योगेश भट्टराईको अभिव्यक्ती फिर्ता लिन चेतावनी दिएको छ ।

एमाले नेता भट्टराईले नेकपा एकिकृत समाजवादीका बारेमा गरेको टिप्पणी लोकतान्त्रिक गणतन्त्रको मान्यता बिर्सेर आफ्नै कद घटाउने खालको रहेको निष्कर्ष निकालेको छ ।

नेता योगेश भट्टराईलाई जोरी नखोज्न चेतावनी दिदै एकिकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जारी गरेको विज्ञप्ती भनिएको छ,‘जनताको व्यवस्थालाई कमजोर बनाएर ‘बा’ प्रवृत्तिलाई खुसी बनाउँदै नवप्रतिगामीको खरानी कतिदिनसम्म घसिरहने हो ? हिजो आफैले ओली प्रतिगमनविरुद्ध देशभर गरेको घन्काएको नारा नारा याद छन् कि छैनन् ? कति चाँडै प्रतिगामीको मतियार बन्ने भुत चढेको हो ?’

नेता भट्टराईले नेकपा एकिकृत समाजवादीलाई अवैध तरिकाले जन्मेको पार्टी भएको आरोप लगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *