मुख्य समाचार

एमालेले भन्यो–सडकबाट प्रधानन्यायाधीशको राजीनामा माग्नु गलत

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरुको दुरी बढेका बेला नेकपा एमालेले सडकबाट प्रधत्रानन्यायाधीश हटाउने विषय गलत रहेको निष्कर्ष निकालेको छ ।

स्थायी कमिटि बैठकपछि प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने संवैधानिक व्यवस्था रहेको भन्दै सडकबाट राजीनामा माग्नु गलत रहेको एमालेको धारणा रहेको बताएका हुन् ।

उनले भने,‘प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई नियुक्त गर्ने पनि एउटा संवैधानिक विधि छ, हटाउने पनि संवैधानिक विधि छ । त्यो भन्दा बाहिरबाट जानु हुँदैन । त्यो संवैधानिक विधिबाट अगाडि बढ्नुपर्छ ।’ संवैधानिक प्रक्रियाभन्दा बाहिरबाट हुने गतिबिधिमा एमाले संलग्न नरहने भन्दै उनले भने,‘संवैधानिक बाटोभन्दा बाहिरबाट गरिने यो खालका गतिविधिहरु गलत छन् र त्यसमा नेकपा एमालेको सहभागिता हुन सक्दैन ।’

सर्वोच्च अदालतमा भइरहेको गुटबन्दीले अराजकता पैदा गरेको भन्दै उनले न्यायाधीशहरुको गुटबन्दीको शिकार सर्वसाधारण सेवाग्राही हुनुपरेको तर्फ ध्इान दिन समेत आग्रह गरे ।

संकटकालमा समेत रोक्न नपाइने बन्दी प्रत्यक्षीकरणको मुद्दाहरु समेत प्रभावित भएको भन्दै ज्ञवालीले नागरिकको संविधान प्रदत्त मौलिक अधिकारको हनन भएको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *