काठमाडौं । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सामुरले जसपा नेताहरुसँग छलफल गरेकी छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर वावुराम भट्टराईसँग सामुरले भेटवार्ता गरेकी हुन् ।
एमसीसीका बारेमा प्रमुख दलहरुसँग छलफल गरेर निर्णय लिने जानकारी उपाध्यक्ष सामुरलाई दिएको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।
उनले लेखेका छन्,‘नेपाल भ्रमणमा रहेका MCC का उपाध्यक्ष र सहायक उपाध्यक्षसंग उपयोगी छलफल! प्रमुख दलहरूवीच सहमति गरेर आवस्यक निर्णय गरिने जानकारी !’
बिहिबार काठमाडौं ओर्लिएकी सामुरले यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेकी थिइन् ।




