मुख्य समाचार

नेपाल प्रहरीका एआईजीहरुको सरुवा, बढुवा भएर साढे २ महिना जिम्मेवारीविहिन भएका थापालाई कार्यविभाग पठाइयो

काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको छ ।

यसअघिको सरकारले गरेको सरुवा रोक लगाएको वर्तमान सरकारले प्रहरीका अतिरिक्त महानीरिक्षक (एआईजी)हरुको सरुवा गर्ने निर्णय गरेको हो । सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख हरि पाललाई यथावत राख्ने निर्णय गरेको छ ।

अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गर्ने निर्णय गरेको सरकारले मानव स्रोत तथा प्रशासन विभागका एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रद्युम्न कार्कीको अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ ।

डिआईजीबाट बढुवा भएका सहकुल थापालाई सरकारले बढुवाको दुई महिनापछि कार्य विभागको जिम्मेवारी दिने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *