काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ दल दर्ता रोक्न अध्यक्ष ओलीले चालबाजी गरेको दाबी गरेका छन् ।
चन्दागिरीमा आफ्नो समुहमा रहेका नेताहरुको बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले वार्ता गर्न बनेको कार्यदलका सदस्य अध्यक्ष ओलीको जालझेलमा परेको समेत बताएका छन् ।
सोमबार साँझ चन्द्रागिरिमा केन्द्रीय सदस्य र सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुको दल दर्ता रोक्नका लागि ओलीसँगै कार्यदलका सदस्यहरु पनि लागि परेको बताए ।
अध्यक्ष नेपालले ओलीले पार्टी एकता गर्ने इमान्दार चाहना हो भने नेकपा एकीकृत समाजवादी दर्ता भएको भोलिपल्टैबाट वार्ता शुरु गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालसहित उनको समुहका रहेका सबै केन्द्रीय सदस्य र सांसदहरु पार्टीको राजनीतिक दस्तावेज र अन्तरिम विधानबारे छलफल गर्न चन्द्रागिरि पुगेका छन् ।




