मुख्य समाचार

पछिल्लो चौबीस घण्टामा ३०३ सङ्क्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ४० पुगेको छ । आज कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा २९६१ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *