मुख्य समाचार

माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

काठमाडौँ । कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय धनसरी सवाल, सोही ठाउँकी २० वर्षीय भावना वड र ३० वर्षीया गंगादेवी जैगडा रहेका छन् ।

शनिबार जानकी गाउँपालिका–९ खैरीफाँटास्थित कालिका सामुदायिक वन नजिकको जंगलमा घर पोत्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।

यस्तै, माटोको ढिस्कोमा पुरिँदा काजल विक र अञ्जु जैगढी घाइते भएका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *