मुख्य समाचार

विप्लव नेकपाले मंसिर तीन दिन पार्टी पुनर्गठन दिवस मनाउने, यस्ता छन् कार्यक्रम

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीको सातौं पुनर्गठन दिवस तीन दिन मनाउने भएको छ । पार्टीले मङ्सिर ६, ७ र ८ गते सातौँ पार्टी पुनर्गठन दिवस मनाउने भएको हो।
मङ्सिर ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरिनेछ ।
नेपालमा दस वर्षसम्म चलेको जनयुद्धका उपलब्धिहरूलाई धराशायी बनाउने गरी मूल नेतृत्व वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक रूपले पतनको दिशामा गएको भन्दै २०६९ सालमा नेकपा–माओवादी गठन गरिएको थियो ।
२०७३ भदौ ७ गते कम्युनिस्ट न्युक्लियससँग भएको क्रान्तिकारी ध्रुवीकरणपछि नेकपा (माओवादी) बनेको थियो । थबाङमा सम्पन्न भएको ऐतिहासिक आठौँ महाधिवेशनपछि यो पार्टी नेपाल कम्युनिस्ट पार्टीका रूपमा अघि बढिरहेको छ । विप्लवको नेतृत्वमा गठन भएको नेकपा मङ्सिर ८ गते सात वर्ष हुँदैछ । विप्लव नेकपालाई सरकारले राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *