मुख्य समाचार

कलाकार गजुरेलको आइसियूमा उपचार

काठमाडौं । कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ । अवस्था गम्भीर भएपछि गजुरेललाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुको आइसियूमा भर्ना गरिएको छ ।

अस्पतालका अनुसार हिजोदेखि उनको आइसियूमा उपचार भइरहेको हो । गजुरेलमा कात्तिक १० गते कोरोना पुष्टि भएको थियो । घरमै आइसोलेसनमा बसेका उनी बुधबार अस्पताल पुगेका थिए । तर,हिजोदेखि अवस्था थप गम्भीर भएपछि आइसियूमै राख्न परेको उनका साथी टंकराज आचार्यले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *