मुख्य समाचार

सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन सकरात्मक रहेका छन् । झन्डै दुई सातापछि बालुवाटार पुगेका अर्को अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा ओली सचिवालय बैठक बोलाउन सकरात्मक भएका हुन् ।

भेटका क्रममा प्रचण्डले तत्लकाल सचिवालय बैठक बोलाउन माग गरेका थिए । स्रोतका अनुसार आजको छलफलमा समसामयिक विषयवस्तु छलफल भएको थियो । कोरोना संक्रमणको महामारीको नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्सामा मुकेश चौरसिया घटना प्रकरणका विषयमा छलफल भएको थियो।

यी विषयलाई सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्ने माग प्रचण्डले गरेका हुन् । सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक भएको नेकपाका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् । पार्टी प्रवक्ता नारायकाजी श्रेष्ठले दुबै अध्यक्षलाई सचिवालय बैठक बोलाउनका लागि लिखित पत्र नै बुझाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *