मुख्य समाचार

प्रधानमन्त्री ओली भेट्ने प्रचण्ड बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न झन्डै १५ दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए ।

गत कार्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच शनिबार मात्रै भेट भएको हो। कर्णाली प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, ‘रअ’ प्रमुखसँगको भेटघाट र पर्सा घटना लगायतमा असन्तुष्ट बनेका प्रचण्ड बालुवाटार गएका थिएनन् ।

दुई अध्यक्षबीचको संवादहीनता तोड्नका लागि प्रधानमन्त्री ओली निकट सुवास नेम्वाङलगायतका नेताहरू दिनहुँजसो खुमलटार पुग्ने गरेको थिए। खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएका थिए।

अध्यक्ष दाहाललाई मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको भए पनि शुक्रबारसम्म प्रचण्ड बालुवाटार नगएको प्रचण्डनिकट स्रोतको दाबी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *