मुख्य समाचार

कम्युनिष्ट नेता बर्मन बुढाको अन्त्येष्टि

काठमाडौ । कम्युनिष्ट नेता बर्मन बुढाको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ९० बर्षको उमेरमा ललितपुर स्थित पाटन अस्पतालामा उपचारको क्रममा आज बिहान निधन भएको थियो ।

बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हँुदै आएको थियो । पूर्व सांसद समेत रहनुभएका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन ।

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका छन । अन्तिम श्रद्धान्जली दिन सभामुख अग्नि सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य लगायतका नेताहरु पशुपति पुगेका थिए ।

बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित छन् । बुढा २०४८ सालको निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *