काठमाडौं । बिगत चार महिनादेखि रोकिएको सवारी साधन प्रयोगकर्ताले मादक पदार्थ सेवन जाँच बुधबारदेखि पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण ७ चैतबाट रोकिएको मापासे जाँच नियमित रुपमा थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
मेसिनको प्रयोगलाई निरुत्साहित गरि सावधानी अपनाउँदै जाँच गरिने बताइएको छ । चालकको अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने महाशाखाले जनाएको छ । बुधबारबाटै नियमित रुपमा जाँच कारवाहीसहित सचेतना कक्षा पनि सुरु हुने महाशाखाले जनाएको छ ।




