ताजा समाचार

सहरी विकासको बजेट झण्डै दोब्बर बढ्यो

काठमाडौं सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८०–८१ बजेट सार्वजनिक गर्दै सहरी विकास मन्त्रालयका लागि रु ६६ अर्ब १७ करोड बजेट विनियोजन गरेको बताए ।

चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड मात्रै बजेट विनियोजन गरिएको थियो । यस मन्त्रालयलाई आगामी आवको लागि करिब रु ३० अर्ब बढी बजेट विनियोजन गरिएको हो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आव २०८०–८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *