ताजा समाचार

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज

काठमाडौं । नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रसबाट तीन मन्त्री नियुक्त गरेका थिए ।

मन्त्री नियुक्त धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूले दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा शपथ लिन लागेका हुन् ।

गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तीन मन्त्री थपिएसँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ ।

नवौंपटक मन्त्रालय विस्तार गरे पनि अझै वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालय अझै नेतृत्वविहीन छ । यस्तै सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको समर्थन कायमै रहे पनि मन्त्रिपरिषद्‌मा सहभागी भने छैनन् । यदि यी दुई पार्टी सरकारमा आउन चाहे दाहालसँग बाँकी रहेको वन र खानेपानी मन्त्रालयले भाग पुग्ने अवस्था देखिँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *