ताजा समाचार

सन्दीपलाई धरौटीमा छोड्ने आदेशविरूद्धको रिटमा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

काठमाडौं । सर्वोच्च अदालतले नाबालिग बलात्कार आरोपका अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश गरेको हो । गएको मंगलबार महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश बदर गरी उनलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको थियो ।

दुई साताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित रिया गर्न आदेश दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *