ताजा समाचार

२६ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सरुवामा हुनेमा अर्थ मन्त्रालयका ६ सहसचिव पनि छन् ।

हाल अर्थ मन्त्रालय मातहत कार्यरत सहसचिवहरू बाबुराम सुवेदी, केदारनाथ शर्मा, भुपाल बराल, रमेशकुमार केसी, जितेन्द्र बस्नेत र अज्ञराज कोइरालाको सरुवा भएको छ ।

यीमध्ये चार सहसचिव अर्थ मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । सुवेदी आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख थिए भने शर्मा प्रशासन महाशाखा प्रमुख थिए । त्यस्तै, बराल राजस्व महाशाखा प्रमुख थिए । केसी भने वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

सरकारले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सुवेदीलाई राष्ट्रिय योजना आयोजको सचिवालयमा सरुवा गरेको छ । त्यसैगरी प्रशासन महाशाखा प्रमुख शर्मालाई गृह, राजस्व महाशाखा प्रमुख बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख केसीलाई स्वास्थ्य, जितेन्द्र बस्नेतलाई गृह र यज्ञराज कोइरालालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै, सेवन्तक पोखरेल, श्रीकृष्ण नेपाल, धनिराम शर्मा, रामप्रसाद आचार्य, रमेश अर्याल र झक्कप्रसाद आचार्य भित्रिएका छन् ।

[pdfjs-viewer attachment_id=304939 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/02/A-Saruwa1675339800.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/02/A-Saruwa1675339800.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *