समाचार

रञ्जिताको आक्रोश- सरकारलाई हाम्रो समर्थन नचाहिने रहेछ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्चिता चौधरीले सरकारलाई आफूहरुको समर्थन नचाहिएको बताएकी छन् ।

सो पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि उनले अपराधी थारूलाई मात्र देखेको आरोप लगाइन् ।
उनले फेशबुकमा लेखेकी छन्, ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ ।’

कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो । ट्रयाक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *