काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद विघटन गर्न पाउने अभिव्यक्तिले जनता झस्किएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै निधीले प्रतिनिधिसभा फेरि विघटन हुनसक्ने भन्दै झस्किएको बताएका हुन् ।
‘म नीति बनाउँछु । सरकारले लागू गर्नुपर्छ। के यो संसदीय र बहुदलीय प्रणालीको संविधानले अवलम्बन गरेको प्रणालीले कार्यपालिका भन्दामाथि कसैले नीति निर्देशन दिन मिल्छ र ? ओलीजीको संसद विघटन गर्न पाउने अभिव्यक्तिले हामी झस्किएका छौँ, जनता झस्किएका छन्,’ उनले भने ।
प्रतिनिधिसभाको विघटन प्रतिगमन नभएको भनिएकोप्रति उनले आपत्ति जनाए ।




