काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक जारी रहेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत दिने दलहरुसँग छलफल गर्न आह्वान गरेसँगै कांग्रेसका सभापतिसहितका शीर्ष नेताहरु बालुवाटारमा उपस्थित भइसकेका छन् । बैठकका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादर खड्का, रमेश लेखक बाुलवाटार पुगेका छन् ।
त्यस्तै, प्रमुख सत्ता साझेदार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल एवम् नवनियुक्त मन्त्री रेखा शर्मा पनि आइसकेका छन् भने नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि उपस्थित भइसकेका छन् ।
सर्वदलीय बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
सभामुख-उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डले बताएका छन् ।




