ताजा समाचार

मैले राष्ट्रिय सहमतिको प्रधानमन्त्री भएँ भन्ने अनुभूत गरेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सिंगो सदनको विश्वासको प्राप्त गरेकोले राष्ट्रिय सहमतिको प्रधानमन्त्री भएको अनुभूत गरेको बताए । उनले आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिको बन्नेतर्फ गएको पनि सुनाए। आज (शनिवार) काठमाडौंमा प्रचण्डका घरबेटी समाजसेवी भुवन श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक भुवन दाइ नामक पुस्तक विमोचन गर्ने क्रममा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आफूले संसद्मा असाधारण मत पाएको स्मरण गर्दै भने,‘४४ औँ प्रधानमन्त्री हुँदा सदनमा असाधारण परिघटना पनि भयो अस्ति विश्वासको मत लिँदा। झण्डै सिंगै सदन नै सहमत भयो। र, विश्वासको मत मलाई असाधारण उचाइको साथ मलाई प्राप्त भयो। करिब करिब मैले राष्ट्रिय सहमति भएको प्रधानमन्त्रीमा भन्ने अनुभूत गरेको छु।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *