ताजा समाचार

एकीकृत समाजवादीलाई कसैले राष्ट्रपतिको अफर गरेको छैनः प्रवक्ता खतिवडा

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीलाई राष्ट्रपतिका लागि कसैले अफर नगरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउने क्रममा प्रवक्ता खतिवडाले अध्यक्ष नेपाललाई यसबारे प्रस्ताव नै नगरिएको प्रष्टाएका छन् ।

‘पार्टीसँग त्यस किसिमको प्रस्ताव कसैले गरेको छैन । औपचारिक अनौपचारिक दुवै कोणबाट यस प्रकारको कुरा भएको छैन,’ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ।

त्यस्तै, एकीकृत समाजवादी सरकारमा सहभागी हुनेरनहुने विषयमा अहिलेसम्म निर्णय भइनसकेको पनि उनले जानकारी दिए । बैठकमा पार्टी सरकारमा जानेरनजानेबारे पनि छलफल भइरहेको प्रवक्ता खतिवडाले बताए । सो विषयमा सबैले आ-आफ्नो मत राखिरहेकाले यस सन्दर्भमा पार्टीले भोलिसम्म निर्णय गर्ने उनको भनाइ छ ।

बैठक बिहान साढे ११ बजेदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव वेदुराम भुसाललगायतको उपस्थित छ ।

एकीकृत समाजवादीको यो १४ औँ स्थायी कमिटी बैठक हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *