काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमतिपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले बालकोटको बार्दलीबाट संयुक्त अभिवादन गरेका छन्।
सत्ता समीकरणको लामो रस्साकस्सीबीच नयाँ सरकारको नेतृत्व गर्ने अवसर पाएपछि खुसी भएका माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले बार्दलीबाट अभिवादन गरेका हुन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी नागरिकको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो।




