काठमाडौं । सरकारले श्रम आप्रवासनको विविध आयामलाई समेटेर ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार हालसम्म वैदेशिक रोजगारीमा रहेका ४१० नेपाली कामदार हराइरहेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रि आप्रवासी दिवसका अवसरमा राजधानीमा आइतबार गरिएको कार्यक्रममा ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक भएको हो । अध्ययन प्रतिवेदनलाई श्रममन्त्री शेरबहादुर कुँवरले एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।
प्रतिवेदनअनुसार कतारमा १६ नेपाली कामदार कोमामा छ । कोमामा गएका नेपालीहरुमा १४ जना पुरुष छन् भने दुई महिला कामदार रहेको प्रतिवेदनमा उल्लेख छ ।
मुख्यतः ६ भागमा छुट्याइएको प्रतिवेदनमा श्रम आप्रवासन अवस्थाको सिंहावलोकन, नेपालमा श्रम आप्रवाशन शासन, नेपालमा श्रम आप्रवासनको स्थिति, श्रम आप्रवासनसँग सम्बन्धित विषयहरु, नेपालमा श्रम आप्रवासन तथ्यांकको अभावबारे टिप्पणी र आगामी बाटोलाई विस्तृतमा अध्ययन गरिएको छ ।




