ताजा समाचार

जबराविरुद्वको महाभियोग प्रस्ताव संसद्‍मा जीवितै छ, छलफल हुन्छ : मन्त्री कार्की

काठमाडौँ ।सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको बताएका छन् ।

संसद् सचिवालयका महासचिवले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिइसकेको अवस्थामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री कार्कीले आगामी प्रतिनिधिसभामा जबराविरुद्वको महाभियोग प्रस्तावमाथि छलफल हुने बताए ।

‘प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको छ । त्यो अर्को प्रतिनिधसिभामा छलफल हुने हो, त्यो विषय जीवितै छ,’ उनले भने, ‘यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ, र छलफल भएरै निर्णयमा पुग्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *