काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले नेकपा एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।
उनले सकेसम्म एकीकृत समाजवादीले आफैँ तीन प्रतिशत मत कटाएर राष्ट्रिय पार्टी बनोस् भन्ने कामना गर्दै सामाजिक सञ्जाल फेसबुकमा लखेका छन्, ‘पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौँ । थोरैले अपुग हुन गएमा अव चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ ।’
दोलखाको १० वटा मतदान केन्द्रमा यही १५ गते पुनः मतखान हुँदैछ । त्यहाँ बुँथ कब्जा भएको ठहरपछि पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो । त्यस्तै, आयोगका अनुसार बाजुरा एक मतदानस्थलमा पुनः मतदान भएपनि मतगणना भएको छैन भने स्याङ्जाका केही मतदान केन्द्रको पनि मतगणना गर्न बाँकी छ ।




