काठमाडौँ । नेपाल लोकतान्त्रिक समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन सिट माग गरेका छन् ।
नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्ने सहमति गरेका भट्टराईले तीन सिट माग गरेका हुन् ।
माओवादी केन्द्रको शुक्रबारको बैठकमा डा. भट्टराईले सिट मागेकोबारे छलफल भएको थियो । उक्त छलफलमा डा. भट्टराईले आफूलाई नमागेर तीन अरु नेताका लागि सिट मागेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका हुन् ।
उनले सहअध्यक्ष महेन्द्र राय यादव, छोरी मानुषी यमी र नवलपरासीमा गोविन्द चौधरीका लागि सिट मागेका हुन् ।
उनले यादवका लागि सर्लाही २, यमीका लागि गोरखा २ (सम्भावित) र चौधरीलाई नवलपरासी मागेकाे प्रचण्डले बताए ।
‘मेराबारे सोचे सोच्नुहोस्, नसोचे केही छैन । यी तीन जनालाई चाहियो’, बाबुरामको भनाइ उद्धृत गर्दै प्रचण्डले भनेका थिए।
त्यस्तै बाबुरामले छोरीलाई गोरखा २ बाट प्रत्यक्षमा चुनाव लडाएर आफूलाई समानुपातिकमा राखिदिँदा हुने आशय समेत राखेका छन् ।




