राजनीति

निर्वाचन आयोगमा एमालको दल दर्ता नम्बर १०

काठमाडौँ । निर्वाचन आयोगमा एमालेले दल दर्ता गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको हो । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले दल दर्ता गराएको हो।

निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका मुख्यसचिव भीष्म अधिकारीका अनुसार दशौं नम्बर पार्टी दर्ता भएको छ। ‘एमालेको दल दशौं नम्बरमा निर्वाचन आयोगमा दर्ता भएको छ,’ अधिकारीले भने , ‘दर्ता नम्बर ३८१ छ ।’

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो।एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत आयोग पुगेर दल दर्ता गराएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *