ताजा समाचार

मिति घाेषणापछि प्रमुख निर्वाचन आयुक्तले भने- ‘मंसिर ४ मा चुनाव गराउन आयाेग तयार छ’

काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ मा निर्वाचन गराउन आयाेग तयार रहेकाे बताएका छन् । बिहीबार सरकारले मंसिर ४ गते एकैचरणमा गर्नेगरी चुनावकाे मिति घाेषणा गरेपछि थपलियाले भनेका छन्, ‘मंसिर ४ गते निर्वाचन गराउन निर्वाचन आयाेग तयार छ । ताेकिएकाे समयमा निष्पक्ष, र विश्वसनीय ढङ्गले निर्वाचन गराउन आयाेग तयार नै छ । त्यसमा सबैकाे सहयाेगचाहिँ हुनुपर्‍याे ।’

उनले त्यसअघि भने, ‘हामीले मतदाता नामावलीको दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरूकाे नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरूमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया शुरू गर्छाैँ । स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरी पनि हामीले यसपालि सच्याएर जान्छाैँ, त्यहीअनुसार हामीले कामसमेत गरिरहेका छाैँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *