राजनीति

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक शुरु भएको हो ।

बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न संगठनलाई पूर्णता दिनुपर्ने आवाज उठ्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *