समाचार

जनताप्रति उत्तरदायी शासन व्यवस्था संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी : प्रधानमन्त्री देउवा

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति उत्तरदायी शासन व्यवस्था संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुने बताएका छन्। ६४ औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताप्रति उत्तरदायी शासन व्यवस्था संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुने बताएका हुन्।

‘जनताबाट निर्वाचित, अनुमोदन प्रतिनिधिहरु रहने संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधार स्तम्भ हो,’ उनले भने,’ जनताप्रति उत्तरदायी शासन व्यवस्थामा संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुन्छ भन्ने हामी सबैले बुझेको कुरा हो।’

प्रधानमन्त्री देउवाले संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्थामार्फत् मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको बताए। त्यसका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।

‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्थामार्फत् मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो,’ उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *