ताजा समाचार

बालेन शाहले भेटे प्रधानसेनापति

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटेका छन् ।

शपथग्रहणपछि कार्यभार सम्हालेलगत्तै मेयर शाहले सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति शर्मासँग भेटेका हुन् ।

भेटमा मेयर साहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे भने प्रधानसेनापति महारथी शर्माले मेयर साहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । भेटमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *