ताजा समाचार

मतदानको दिन आज पानी पर्ला ? के छ पूर्वानुमान ?

काठमाडौं । आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बिहान लुम्बिनी र प्रदेश १ का एक(दुई स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *