काठमाण्डौं । चुनावको मुखमा अन्य दलका नेता तथा कार्यकर्तालाइ आफनो पार्टीमा प्रवेश गराउने ठुला दलमा होड चलेको छ । र,अन्य दलमा स्थान नपाएकाहरुले अवसरको लागि अन्य दलमा गएर फाइदा लिने चलन पनि चलिरहेको छ तर संसदवाद हाम्रो लक्ष्य होइन भनेर कडकिरहेका नेत्रविक्रम चन्दको दल नेकपाले पनि संसदवादी पार्टीकै सिको गर्दै अन्य पार्टीका नेतालाइ भित्रयाउन थालेको छ । मंगलवार राष्ट्रिय नाचघरमा प्रशिक्षण कार्यक्रम चलाएर संसदीय भासमा हामी फस्न हुन्न भनेर प्रशिक्षण दिएका विप्लवले कार्यक्रममा दस जना युवालाइ आफनो पार्टीमा भित्रयाएका छन । उनीहरु विभिन्न दल त्यागेर विप्लवको दलमा प्रवेश गरेका हुन ।




