काठमाडौं । आज देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्य देखि पूर्णतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराइका भूभागहरुमा पनि आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार दिउँसो तथा राती देशको पहाडी तथा हिमाली भू(भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराईका भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू(भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुनसमेत विभागले अनुरोध गरेको छ ।




