काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मुस्लिमतर्फको सह-महामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।
शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले डा. शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै सह-महामन्त्री बनेका हुन् ।
मन्सुरले २७७६ मत ल्याएर् विजयी भए भने वकिलले १८७१ मत प्राप्त गरेका छन् ।
आज थारू, मधेसी, खस/आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ ।
यसअघि बिहीबार महिला, दलित र आदिवासी जनजाति क्लस्टरका सहमहामन्त्रीको मतपरिणाम आएको थियो । जसमा दुई जना देउवा समूहका र एक जना कोइराला समुहका उम्मेदवारले जितेका थिए ।
दलिततर्फ कोइराला समुहका जीवन परियार, महिलातर्फ देउवा समुहकी महालक्ष्मी उपाध्याय र आदिवासी जनजातितर्फको सह-महामन्त्री पदमा भीष्मराज आङदेम्बेले जितेका थिए ।




