राजनीति

३१२० मतगणना- गगन सहज जिततर्फ, विश्वप्रकाश पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ३१२० मत गन्दा थापाले २०३७ र विश्वप्रकाशले १२५५ मत ल्याएर अग्रता लिइरहेका छन् ।

३१२० मत गन्दा कसलाई कति ?
गगन थापा -२०३७
विश्वप्रकाश शर्मा -१२५५
डा प्रकाशशरण महत -१०२४
प्रदीप पौडेल -९३५
डा मीनेन्द्र रिजाल -५४६
डा राजाराम कार्कीले -७५

महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।

सभापति शेरबहादुर देउवाको प्यानलबाट डा प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा शेखर कोइरालाको तर्फबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *