समाचार

देउवालाई बधाइ दिँदै अमेरिकाले भन्यो : हामी लोकतन्त्र र मानवअधिकारको पक्षमा छौं

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत देउवालाई बधाइ दिएको हो । देउवा सभापति भएपछि पहिलोपटक बधाइ दिने मुलुक अमेरिका बनेको छ भने उनी प्रधानमन्त्री नियुक्त हुँदा पनि अमेरिकाले सुरुमै बधाइ दिएको थियो ।

बधाइ सन्देशमा अमेरिकाले आफू लोकतन्त्र, मानवअधिकार र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा रहेको समेत बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *