ताजा समाचार

कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक आज बस्दैछ । कांग्रेसको १४औं महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने नेता केशव रिजालले जानकारी दिए । बैठकमा महाधिवेशनमा लैजाने प्रतिवेदनहरु अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा सुरु हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित हुने नेता रिजालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *