काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनाध्यक्ष एमएम नरवणेबिच भेटवार्ता भएको छ । रवणेको निमन्त्रणामा शर्मा मंगलबार बिहान दिल्ली गएका थिए ।
चारदिने भ्रमणका क्रममा दिल्ली पुगेका शर्मालाई साउथ ब्लकमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । त्यसपछि साउथ ब्लकमै शर्मा र नरवणेबिच भेटवार्ता भएको हो । दुई देशका सेनाध्यक्षबीच रक्षा मामिलामा सहकार्य गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट बुधवार सम्मान गर्ने कार्यक्रम छ ।




