काठमाडौ । २०७८ सालको शुरुदेखी बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई नेपाली कांग्रेसले राहत दिने भएको छ।
असार ४ को केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग दिन लागेको हो।
मृतकका परिवारलाई २५ हजार रूपैयाँ राहत दिने निर्णय भएको केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।
कांग्रेसले २०७८ वैशाखदेखि बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सहयोग गर्न लागेको हो। उक्त रकम छिट्टै मृतकका परिवारलाई दिइने बस्नेतले निकालेको विज्ञप्तिमा उल्लेख छ। सो राहात पाउन सम्बधित निकायले मृत्यु भएको पुष्ट्रि गरेको हुनुपर्ने बिज्ञेप्तीमा जनाइएको छ ।





