समाचार

काठमाडौं महानगरपालिको नीति तथा कार्यक्रम सार्वजनिक, एकपक्षीय नीति तथा कार्यक्रममा काग्रेशका प्रतिनिधिको नगर सभा बहिस्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुेन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

यो रकम भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नका लागि दिइने बताइएको छ ।उता मेयर विद्यासुन्दर शाक्यले छलफलबिनै एकपक्षीय रुपमा नीति तथा कार्यक्रम ल्याएको भन्दै काग्रेशका प्रतिनिधिले नगर सभा बहिस्कार गरेका छन् । कोभिडको महामारीका बेला जनतालाई राहत दिनेगरी बजेट ल्याउनुपर्नेमा मेयर शाक्यले कुनै पनि छलफल नगरी नीति तथा कार्यक्रम ल्याएकाले आफूहरुको विरोध रहेको उपमेयर हरिप्रभा खड्गीले बताइन् ।

‘नीति तथा कार्यक्रम पढेर सुनाएर मात्रै हुँदैन, पर्याप्त छलफल गरी जनताको चाहना पनि समेटिनुपर्छ’, उनले भनिन्, ‘कोरोना विरुद्धको खोपको यथोचित प्रबन्ध, महानगरवासीलाई राहतको प्रवन्ध दिने विषयमा कुनै छलफल भएको छैन । यसमा हाम्रो आपत्ति छ ।’

खड्गीले विगतदेखि नै आफूले महानगरपालिकाले वीर अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आएपनि कुनै सुनुवाइ हुन नसकेको बताइन् । महानगरमा भएका बेथिति हटाउन सबैको सुझाव र सल्लाह जरुरी हुने भएपनि त्यसो नभइ पेलेर अघि बढ्न खोजिएको उनको भनाइ छ । नगरसभा बहिस्कार गर्नेमा उपमेयर हरिप्रभा खड्कि सहित १३ वटा वडाका वडाध्यक्षसमेत रहेका छन्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *