काठमाडौं । हाल देशमा चक्रवात यास् पश्चिमउत्तर(पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
हाल देशका अधिकांश भू(भागमा सामान्य बदली रहेको छ सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ । प्रदेश १ को तराई भू-भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा भई रहेको छ ।
आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने पनि महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।
त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एकर दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।




