ताजा समाचार

शनिबार थप १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७२७ मा पिसिआर गर्दा १२८ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ।

पछिल्लो २४ घन्टामा १६१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार १२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *