ताजा समाचार

आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली भएर एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

काठमाडौंमा पनि आज सामान्यतया मौसम बदली हुने महाशाखाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *