ताजा समाचार

पूर्वमन्त्री विश्वकर्माको उपचारमा गम्भीर बन्न संगठन विभाग प्रमुख श्रेष्ठले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका संगठन विभग प्रमुख एवं पूर्व पार्टी उपसभापति गोपालमान श्रेष्ठले प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री  मीन विश्वकर्माको उपचारमा गम्भीर बन्न सरकारको ध्यानकर्षण गराएका छन।

संगठन विभाग प्रमुख श्रेष्ठले कोरोना संक्रणका कारण ग्राण्डि हस्पिटलको भेन्टिलेटरमा उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष विश्वकर्माको स्वास्थ्योपचारमा गम्भीर बन्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर आइतबार ध्यानकर्षण गराएका हुन । दलित आन्दोलनका अगुवा एवं अघिल्लो क्याविनेटका सदस्यसमेत रहेका विश्वकर्माको स्वास्थ्योपचारको दायित्व राज्यले बहन गर्नुपर्ने नेता श्रेष्ठको मत छ ।

यसै गरी नेता श्रेष्ठले पूर्वमन्त्री विश्वकर्माको उपचारमा संलग्न चिकित्सक, ग्राण्डि अस्पताल प्रशासन र सञ्चालकलाई उपचारमा सहयोग गर्न आग्रह गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *